सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-RSBACU
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना अज्ञात, टीकापुर १ कैलाली

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार म सामाजिक सुरक्षा(सामाजिक विमा) को सुविधा लिइ प्रारम्भिक सेवा केन्द्र टीकापुर अस्पताल राखी नियमित रुपमा दीर्घ रोगको उपचार गरिरहेको व्यक्ति हुँ ।सामाजिक सुरक्षा(सामाजिक विमा) अत्यन्तै प्रशंसनीय र लोककल्याणकारी हुँदा हुँदै पनि बिमितले पाउने सेवा सुविधा सरल, सहज र भरपर्दो हुनुपर्नेमा हुन नसक्नु बिडम्बनाको कुरा हो । प्रिस्क्रिब्सनमा लेखिएका निशुल्क पाउनुपर्ने औषधी पनि करिब ५० प्रतिशत भन्दा बढी औषधी निशुल्क नपाइनु सामान्य जस्तो भइसकेको छ । प्रिस्क्रिब्सन मा उल्लेखित केही मात्र औषधी बिमितलाई प्रदान गर्ने र बाँकी औषधी बिमाबाट पाइदैन भन्ने वा अहिले नभएको/ सकिएको भन्ने जस्तो गैरजिम्मेवार जवाफ दिएर आफ्नो दायित्वबाट पन्छिएको देखिन्छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त टीकापुर अस्पतालमा पर्याप्त औषधी उपलब्ध गराउन नसकेको हो वा उक्त फार्मेसी निजि तवरबाट सञ्चालित हो भने त्यसले आवश्यक औषधी खरिद गर्न नसकेको हो ? औषधी उपचारमा सहुलियत पाउने उद्देश्यले बिपन्न बर्गले बिमा गर्ने गरेकोमा औचित्यहिन हुन गएको छ । जसको कमजोरी भएपनि बिमितको निशुल्क औषधी पाउने हकलाई बञ्चित गरिने गरेको देखियो । फार्मेसीले बिमासंग भुक्तानी माग दाबी गर्दा वितरण गरिएको औषधीको मात्र नभएर प्रिस्क्रिब्सन मा उल्लेखित सम्पूर्ण औषधी बापतको रकम दाबी गर्ने गरेको त छैन ?
कार्यहरू
Ministry of Social Development send a letter to concert office about the issues also received replay too. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
गुनासोको सम्बन्धमा खुलाई पठईएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
टीकापुर अस्पताल लाई गुनासोको सम्बन्धमा के कस्तो भएको हो बिस्तृत रुपमा खुलाई पठाउन पत्राचार गरिएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
अनुगमन गर्दै छौ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल